चितवनले पोखरालाई दियो १६२ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले रवी बोपाराको अर्धशतकमा पोखरा एभेन्जर्सलाई १६२ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा चितवनले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा १६१ रन बनाएको हो ।
चितवनका लागि रवि बोपाराले अर्धशतक प्रहार गरे । उनले ३८ बलमा ३ चौका र ३ छक्क प्रहार गर्दै ५१ रन जोडे ।
कप्तान कुशल मल्लले ३८, लुक बेन्केनस्टाइनले १६, हसन इसाखिलले १४, अमर रौतेलाले १३ र शरद भेष्वाकरले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
पोखराका लागि रेमन रेफर, विपिन खत्री र बास डी लिडेले २–२ तथा सागर ढकालले १ विकेट लिए ।
आजै भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ९० रनले हराएको थियो ।
प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१ १४:४७
प्रतिक्रिया दिनुहोस्