NRN
प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच मंगलबार चीनको राजधानी बेइजिङको देउताइ स्टेट गेस्ट हाउसको भिल्ला नम्बर १२ मा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

दुई देशबीचको सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।

मंगलबार नै यसअघि प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी ली छ्याङबीच बेइजिङमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता भएको थियो । भेटमा नेपाल र चीन बीच ९ बुँदे समझदारी भएको थियो ।

प्रधानमन्त्री ओली चीनको चारदिने औपचारिक भ्रमणको सिलसिलामा सोमबार त्यसतर्फ प्रस्थान गरेका थिए । प्रधानमन्त्री ओली बिहीबार नेपाल फर्किने कार्यक्रम छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  १५:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update