NRN
एनपिएलमा जनकपुर बोल्ट्सले लगातार तेस्रो जित

नेपाल प्रिमियर लिग (एनपिएल)मा जनकपुर बोल्ट्सले लगातार तेस्रो जित हात पारेको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको पहिलो खेलमा जनकपुरले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गरेको हो ।

जितमा लागि जनकपुरका लाहिरु मालिन्थाले ४५ र जेम्स नीशामले ४० रन बनाए । यस्तै, आसिफ शेखले ३३ र हर्स ठाकेरले १३ बनाए ।

बलिङतर्फ पोखराका विपिन खत्री, माइकल लिस्क र कुशल भुर्तेलले १-१ विकेट लिए ।

यो पोखराको दोस्रो हार हो । पहिले खेलमा पोखरा चितवन राइनोजसँग पराजित भएको थियो ।

जनकपुर भने लगातार तेस्रो जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । 

प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  १२:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update