अस्ताए इतिहासकार पुरुषोत्तम शमशेर राणा

इतिहासकार पुरूषोत्तम शमशेर राणाको निधन भएको छ ।
बिहीबार काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारको क्रममा राणाको निधन भएको हो । उनी प्रेसर लो भएर अस्पताल भर्ना भएका थिए ।
राणाले लेखेका प्रख्यात किताबहरु धेरै छन् । त्यसका केही उदाहणहरुमा कुनेछिपेका प्रतिभाहरु, जंगबहादुर राणा, मेरा जीवनका स्मृतिहरु आदि पर्छन् ।
इतिहासकार राणाका ऐतिहासिक दरबारहरू, श्री ३ हरूको तथ्य वृतान्त (भाग १), श्री ३ हरूको तथ्य वृतान्त (भाग २), श्री ३ हरूको तथ्य वृतान्त (भाग ३) पुस्तक प्रकाशित छन् ।
राणा रुद्र शमशेरका नाति र ईश्वर शमशेरका छोरा हुन् । उनको जन्म १९८२ चैत १५ मा चारबुर्जा दरबारमा भएको थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१ १३:५४
प्रतिक्रिया दिनुहोस्