अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन फेरि स्थगित
नेकपा माओवादी केन्द्र विद्यार्थी संगठन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन पुन: स्थगित भएको छ ।

नेकपा माओवादी केन्द्र विद्यार्थी संगठन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन पुन: स्थगित भएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठक २३ र २४ गते हुने भनिएको सम्मेलन अनिश्चितकालको लागि स्थगित गर्ने निर्णय गरेको हो ।
असोज १०–१५ सम्म भएको सम्मेलनमा उमेर हदको विवादले उग्र रुप लिएपछि मंसिर २३ र २४ गतेसम्मलाई तोकिएको थियो ।
निर्वाचन आयोगले सम्मेलनका प्रतिनिधिको छानविन गरिसकेपछि मात्रै अर्को मिति तोक्ने निर्णय भएको बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१ १४:००
प्रतिक्रिया दिनुहोस्