NRN
नेपाली कांग्रेसका सभापति देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समिति बैठक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएका छन् ।

मंसिर २४ गते बिहान ९ बजे बूढानीलकण्ठस्थित निवासमा बस्ने गरी सभापति देउवाले कार्यसम्पादन समिति बैठक बोलाएका हुन् ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूको उपस्थिति रहनेछ ।

मंसिर १६ मा भएको स्थानीय तह उपनिर्वाचन समीक्षा र समसामयिक राजनीतिक घटनाक्रमबारे बैठकमा छलफल हुनेछ ।स्थानीय तह उपनिर्वाचनमा कांग्रेसले १९ स्थानमा जितेको थियो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  १३:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update