
पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित हात पारेको छ ।
गौस र दिनर्श खरेलले कीर्तिमानी साझेदारी गरेपछि पोखराले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा पोखराले लुम्बिनीलाई १० विकेटले पराजित गरेको हो ।
एनपीएलमा पोखराको यो पहिलो जित हो भने लुम्बिनी लायन्सको लगातार दोस्रो हार हो । पोखरा यसअघि चितवन राइनोज र जनकपुर बोल्ट्ससँग हारेको थियो भने लुम्बिनी विराटनगर किङ्गससँग ।
लुम्बिनीले दिएको १७१ रनको लक्ष्य पछ्याएको पोखराले १६ ओभर ५ बलमा विना विकेटको क्षतिमा पूरा गर्यो ।
पोखराका ओपनर आन्द्रेस गौस र दिनेश खरेलले १७६ रनको कीर्तिमानी अविजित साझेदारी गरे । गौसले एनपीएलकै पहिलो शतक प्रहार गरे । गौस १०४ र खरेल ६१ रनमा अविजित रहे ।
त्यसअघि टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १७० रन बनाएको थियो ।
लुम्बिनीका लागि कप्तान रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरेका थिए । उनी ५९ बलमा ९५ रनमा आउट भए । उनले चौथो विकेटका लागि टम मुर्ससँग शतकीय साझेदारी गरेका थिए । मुर्स ४५ रनमा आउट भए ।
लुम्बिनीका दुई ओपनर शुन्य रनमा आउट हुँदा सन्दीप जोरा १८ रन बनाएर आउट भए । विवेक २ रनमा अविजित रहे । बलिङमा पोखराका विपिन खत्रीले २ र म्याट क्रिट्ले एक विकेट लिएको थियो ।