NRN
एनपीएलमा आज दुई खेल  : जनकपुर र लुम्बिनी तथा सुदूरपश्चिम र चितवन भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) मा आज (आइतबार) दुई खेल हुँदैछ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान सवा ९ बजे  जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच पहिलो खेल हुनेछ भने दिउँसो सवा १ बजे हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज् भिड्दैछन् ।

जनपुर बोल्ट्स यसअघिका तीनै खेलमा विजयी भएको छ भने लुम्बिनी तीनै खेलमा पराजित भएको थियो ।

सुदूरपश्चिम अघिल्ला तीनै खेल जितेर अंक तालिकाको शीर्षस्थानमा छ ।

चितवन राइनोजले तीन खेल खेलेकोमा १ खेल मात्रै हारेको छ ।

जनकपुरमा आशिफ शेख, लुम्बिनीमा रोहित पौडेल, चितवनमा कुशल मल्ल र सुदूरपश्चिममा दिपेन्द्रसिंह ऐरी मार्की खेलाडी छन् ।

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  ०८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update