NRN
शोभितले अष्ट्रेलियामा पि आर बनाउने

- राजन घिमिरे,सिड्नी

नेपाली चलचित्र निर्देशन, निर्माण र अभिनय बिधामा एउटा सशक्त नाम हो शोभित बस्नेत । लामो समयदेखी नेपाली चलचित्रकर्ममा लागि पर्दै आएका बस्नेतको नेपाली चलचित्रकर्मको यात्रा नेपालदेखी बिदेशसम्म फैलिएको छ । यसैबीच निर्देशक बस्नेतले अब आफ्नो उपस्थिति अष्ट्रेलियामा पनि जनाउंने भएका छन । उनको निर्देशन अनि सलिना सलोन फ़िल्मसको ब्यानरमा पि आर नामक चलचित्र बन्ने भएको छ ।

यो चलचित्रको सम्पूर्ण छायांकन अष्ट्रेलियामा नै गरिने भएको छ -‘ अष्ट्रेलियामा मैले धेरै प्रतिभाशालीहरू भेटको छु । नेपाली चलचित्रमा काम गर्ने र कलाकारिता बिधामा लाग्न खोज्ने तर सही बाटो नदेख्नु भएकाहरूका लागि यो सही अबसर हुन सक्छ-‘ निर्देशक बस्नेतले भने । उनका अनुसार चलचित्र पि आर ( परमानेन्ट रेसिडेन्ट ) का प्रमुख पात्रहरुको छनौट अष्ट्रेलियाको अडिसनबाट तय गरिने छ ।

चलचित्रका लागि चाहिने तीन जना प्रमुख पुरूष र तीन जना प्रमुख महिला कलाकारको लागि फिल्म युनिटले सिड्नीको निम्न स्थान र समयमा अडिसन गर्ने भएको छ । स्थान , समय र नम्बर यस प्रकारका छन ।

1Rawson Road South Wentworthville RFM facility management

9th dec Monday 11 बजे बिहान र 4 बजे साँझ,

Contact Number: 0415007331, 0421517102 (Whatsapp)

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  १०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update