NRN
आइतबार नेपाली बजारमा घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ ।अघिल्लो दिन अर्थात् शुक्रबारको तुलनामा यसदिन प्रतितोला चार सय रूपैयाँ घटेको हो ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार एक सय रूपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रूपैयाँ घटेको हो ।

शुक्रबार चाँदी प्रतितोला एक हजार आठ सय ९० रूपैयाँमा कारोबार भएको थियो । 

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ३४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  ११:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update