
नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सविरुद्ध जित हासिल गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा आइतबार भएको खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्समाथि एक रनको रोमाञ्चक जित जित हात पारेको हो ।
जनकपुर बोल्ट्सले दिएको १३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १३५ रन मात्र बनाउन सक्यो । अन्तिम बलमा २ रन लिन नसक्दा लुम्बिनी पुनः पराजित हुन पुग्यो ।
यो जितसँगै जनकपुर रोयल्सले लगातार चार खेलमा जित हासिल गर्दा यता लुम्बिनी लायन्स भने लगातार चार खेलमा पराजित भयो । जितसँगै जनकपुरको प्लेअफ सम्भावना बलियो हुँदा लुम्बिनीको कमजोर भएको छ ।
लुम्बिनीका कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए । टम मुर्स ३१, अर्जुन साउदले २०, सन्दीप जोराले १६ रन जोडपनि जित दिलाउन सकेनन् । लुम्निीको यो लगातार चौथो हार हो ।
राम्रो सुरुआत गरेको लुम्बिनी फिनिसिङमा चुक्दा जित निकाल्न सकेन । यो हारसँगै लुम्बिनीको प्लेअफमा पुग्ने संभावना कमजोर बनेको छ । बलिङमा जनकपुरका हर्ष थाकरले सर्वाधिक ५ विकेट लिए ।
टस जितेको लुम्बिनीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको जनकपुरले ९ विकेट गुमाएर १३६ रन बनाएको थियो ।