नेपाली बजारमा सोमबार चाँदीको मूल्य स्थिर

नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य बढेको छ भने चाँदी स्थिर रहेको छ ।
आइतबार प्रतितोला एक लाख ४९ हजार सात सय रूपैयाँमा कारोबार भएको नेपाल सुनको मूल्य सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला एक लाख ५० हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा यसदिन प्रतितोला चार सय रूपैयाँ नै बढेको हो ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ ।
आइतबार प्रतितोला एक हजार आठ सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २६ सय ३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१ ११:१६
प्रतिक्रिया दिनुहोस्