NRN
वर्षासँगै बैतडीसहित सुदूरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा हिमपात, जनजीवन कष्टकर

वर्षासँगै बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका उच्च पहाडी क्षेत्रमा हिमपात सुरु भएको छ ।

जिल्लाको ग्वाल्लेक खोड्पे, अनारखाली, ढोल्यामोड, सिगास, मेलौलीलगायतका उच्च लेकाली स्थानमा हिमपात भएको हो । बैतडीसँगै, डडेल्धुरा, डोटीलगायतका पहाडी जिल्लाका उच्च लेकाली भेगमा हिमपात भएको छ ।

हिमपात र वर्षाका कारण चिसो बढेको छ । चिसोका कारण जनजीवन पनि प्रभावित हुँदै गएको छ । दैनिक ज्यालामजदुरी गर्ने मजदुर, बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।

वर्षा र हिमपात भएपछि किसान भने हर्षित भएका छन् । खडेरीका कारण हिउँदेबाली सुक्न लागेको बेला वर्षा र हिमपातले बालीनाली सप्रिने भएको खुसीयाली छाएको हो ।

केही दिन यस्तै मौसम रहे बिद्यालय बन्द हुने सक्ने विद्यालयहरुले जनाएका छन् । हिमपात भएपछि स्थानीय घरबाहिर निस्कन सकेका छैनन् भने पशु, चौपायासमेत गोठमा नै थुनिएका छन् ।

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  ११:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update