गण्डकी प्रदेशको रिक्त सांसद पदमा सुनिता थापालाई पठाउने कांग्रेसको निर्णय
-1733733837.jpg)
नेपाली कांग्रेसले गण्डकी प्रदेशमा रिक्त सांसद पदमा सुनिता थापालाई पठाउने निर्णय गरेको छ ।
सोमबार बसेको कार्यसम्पादन समितिको बैठकले समानुपातिकको बन्द सूचीमा रहेकी थापालाई सांसद बनाउने निर्णय गरेको हो ।
कांग्रेसकी गण्डकी प्रदेश सांसद विमला गौचन थकालीको निधन भएपछि रिक्त समानुपातिकतर्फको पदमा थापालाई पठाउने निर्णय भएको हो ।
साथै कार्यसम्पादन समिति बैठकले कोषाध्यक्षमा उमेश श्रेष्ठलाई मनोनीत गर्ने पार्टी सभापतिको निर्णयलाई अनुमोदनसमेत गरेको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१ १४:२९
प्रतिक्रिया दिनुहोस्