NRN
आज नेप्से १२.८४ अंकले घटेर २ हजार ६ सय ७६ दशमलब १५ विन्दुमा बन्द

साताको दोस्रो कारोबारको दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दोहोरो अंकको गिरावट भएको छ ।

आज नेप्से १२.८४ अंकले घटेर २ हजार ६ सय ७६ दशमलब १५ विन्दुमा बन्द भएको हो । यसदिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ ।

आइतबार ४५.९३ अंक र सोमबार १२.८४ अंक गरी यो दुई दिनमा नेप्से ५८.७७ अंक घटेको हो ।

अघिल्लो कारोबार दिन अर्थात् आइतबार सात अर्ब ४६ करोडको सेयर कारोबार भएकोमा सोमबार पाँच अर्ब ६२ करोडको सेयर कारोबार भएको छ । 

अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब ८४ करोड रूपैयाँ कमी आएको हो ।

आज ३१७ वटा धितोपत्रको एक करोड १५ लाख २३ हजार कित्ता सेयर किनबेच भएको हो । सोमबार ९२ कम्पनीको सेयर मूल्य बढेको छ भने १३८ वटाको घटेको छ । यस्तै १३ कम्पनीको स्थिर रहेको छ ।

सोमबार एनआरएन इन्फ्रास्टक्चरको सर्वाधिक कारोबार भएको छ । सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा हिमालयन डिष्टिलरी रहेको छ । 

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक बढेको छ भने बाँकी आठ समूहको परिसूचक घटेको छ । 

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  १६:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update