एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै

नेपाल कम्युनिस्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्दै छ ।
आज दिउँसो ४ः०० बजे ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा सचिवालय बैठक बस्नेछ ।
बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमणबारे जानकारी, उपनिर्वाचनको समीक्षा, पार्टीको आन्तरिक तथा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।
प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१ ११:३२
प्रतिक्रिया दिनुहोस्