NRN
एनपिएलमा कर्णाली याक्सकको पाँचौं खेलमा तेस्रो जित

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले हराएको छ ।

पाँच खेलमा कर्णालीको यो तेस्रो जित हो । पोखरा भने चार मध्ये तीन खेलमा पराजित भइसकेको छ ।

जितका लागि एक सय चार रनको मध्यम लक्ष्य पछ्याएको कर्णालीले १५ ओभरमा तीन विकेटको क्षतिमा एक सय ६ रन जोड्लै लक्ष्य पूरा गरेको हो ।

कर्णालीका लागि गुलशन झाले अविजित ४९ र चादविक वाल्टनले ४२ रन जोडेको थियो । बलिङमा पोखराका विपिन खत्री, सागर ढकाल र कुशल भुर्तेलले एक एक विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित १६.३ ओभरका सबै विकेटको क्षतिमा एक सय तीन रन बनायो ।

पोखराका लागि ओपनरद्वय दिनेश खरेलले २६ र एन्ड्रिस गौसले २५ रन बनाए । यस्तै,मोन रेफरले २०, कप्तान कुशल भुर्तेलले र विपिन खत्रीले १०/१० रन बनाए । 

पोखरालाई सस्तैमा समेट्न बलिङमा कर्णालीका विलियम बोसिस्टो एक्लैले ६ विकेट लिए । युनिस ठकुरी, विपिन शर्मा र सोमपाल कामीले एक एक विकेटलिए ।

प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  १५:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update