रास्वपा सभापति रवि लामिछानेलाई पर्साबाट पोखरा ल्याइँदै
-1733636735.jpg)
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई पर्साबाट पोखरा ल्याइँदैछ । सहकारी ठगीको अभियोगमा हिरासतमा लिएर अनुसन्धान भइरहेको उनलाई बयानका लागि दुई दिनअघि पर्सा लगिएको थियो ।
बयान पूरा भएपछि उक्त कार्यालयले लामिछानेलाई सिमराबाट हवाई उडानमार्फत पोखरा ल्याउन लागिएको हो ।
जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख भोलानाथ निरौला सहितको टोलीले लामिछानेसँग बयान लिएको थियो ।
पोखरामा रविलाई ल्याइँदै गर्दा स्वतन्त्र युवाहरू प्रदर्शनको तयारीमा छन् । अभियन्ता हेमराज थापाको नेतृत्वमा पोखराको पृथ्वी चोकमा प्रदर्शन गर्न लागिएको छ ।
वीरगञ्जको सानो पाइला सहकारीमा भएको ठगी सम्बन्धमा रविलाई समेत जोडेर उजुरी दर्ता भएको थियो । यसैको अनुसन्धानमा उनलाई वीरगञ्ज लगिएको हो ।
प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१ ११:५२
प्रतिक्रिया दिनुहोस्