NRN
एनपिएलमा जनकपुर बोल्ट्सले पहिलो हार

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सले पहिलो हार ब्याहोरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा सुदूरपश्चिम रोयल्ससँगपराजित भएको हो ।

लगातार ४ खेलमा जित निकालेको जनकपुर पाचौं खेलमा सुदुरपश्चिम रोयल्ससँग ७२ रनले पराजित हुन पुग्यो ।

पहिला ब्याटिङ गर्दै सुदूरपश्चिम रोयल्सले १२३ रन बनाएको थियो । सुदूरपश्चिमले दिएको १२४ रनको लक्ष्य पछ्याएको जनकपुर १२ ओभर एक बलमा ५१ रनमा समेटिएको हो ।

दुवै टोलीले पाँच खेल खेलेका छन् । जसमा दुवैले चार जित र एक हार व्यहोरेका छन् ।  

प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  १२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update