NRN
मोटरसाइकल दुर्घटनामा कलाकार हिक्मत महराको निधन

मोटरसाइकल दुर्घटनामा कलाकार हिक्मत महराको निधन भएको छ ।

मंगलबार राति कैलालीको गोदावरी नगरपालिका–४ गोदावरी स्थित भिमदत्त राजमार्गमा उनले चलाएको म २ प ९११७ नम्बरको मोटरसाइकल सडकमा रोकिराखेको ट्रकसँग ठोक्किएको थियो । 

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्‍याइएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

३० वर्षीय महरा शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर बनसाहका हुन् । 

गोदावरी पीङका सञ्चालन समेत रहेका उनी पछिल्लो समय कैलालीको गोदावरीमै अस्थायी रुपमा बसोबास गर्दै आएका थिए ।

उनी हास्य रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन २’ का उत्कृष्ट चारमा परेपछि चर्चामा आएका थिए ।

प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  १३:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update