NRN
सिड्नीमा महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने

- राजन घिमिरे, सिड्नी

अष्ट्रेलियाको सिड्नीमा पुरूष तथा महिला एक दिबसीय भलिबल च्याम्पियनशिप प्रतियोगिताको आयोजना हुने भएको छ । प्रतियोगिता २०२४ डिसेम्बर २९ तारेखका दिन सिड्नीको अर्बन बास्केट बल सेन्टरमा आयोजना हुने जानकारी दिइएको छ ।

प्रतियोगिताको आयोजना म्याग्दी जलजला परिबार अष्ट्रेलियाले गरेको हो । आयोजकों संस्थाका अध्यक्ष दिपेन्द्र भण्डारीका अनुसार प्रतियोगितामा पुरूष १२ र महिला ५ गरेर १७ समूहले सहभागिता जनाउंने पक्का भैसकेको छ - ‘ यस पटकको प्रतियोगितामा नेपाली राष्ट्रीय महिला भलिबल टिमकी कप्तान अरूणा शाही लगायत अन्य राष्ट्रीय खेलाडीहरूले पनि सहभागिता जनाउंन लागेकाले प्रतियोगिता पहिलाको भन्दा बिशेष हुने छ -‘ भण्डारीले जानकारी दिए ।

प्रतियोगिताको टाइटल स्पोन्सर्डमा स्टुडेण्ट भाईव रहेको छ । यसैगरी प्लाटिनियममा धुरसन कन्ट्रक्सन र टाईसिटको प्रायोजकमा तन्दुरी कर्नर बरूडका सनोज श्रेष्ठ रहेका छन । प्रतियोगिताका अन्य प्रायोजकहरूमा लुम्बिनी ग्रोसरी एण्ड मिट,डिबी मार्ट ,इन्द्रेणी ग्रुप ,ए टु जेट क्लिनिंग र सगुन ग्रुप लगायतका छन ।

आयोजकले दिएको जानकारी अनुसार पुरूष प्रतियोगिताको पहिलो बिजयी समूहले पुरस्कार स्वरूप एकतिस सय पाँच डलर जित्ने छन । यो पुरस्कारको प्रायोजन ए एल डी कर्पोरेटका सन्चालक दिपक शेरचनले गरेका हुन । यसैगरी पहिलो महिला समूहको बिजेताले पुरस्कार स्वरूप बाह्र सय पाँच डलर हात पार्ने छन । यो पुरस्कारको प्रायोजक बुद्द ज्वेलरी रहेको छ । प्रतियोगिताको दिन नेपाली स्वाद र परिकारहरू समेटिएका फुडहरूको स्टल पनि रहने जानकारी दिइएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  ०६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update