NRN
आज (बिहीबार) नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज (बिहीबार) सुन–चाँदीको मूल्य स्थिर रहेको छ ।

महासंघका अनुसार अघिल्लो दिन अर्थात् बुधबार प्रतितोला एक लाख ५४ हजार दुई सय रूपैयाँमा कारोबार भएको सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी, बुधबार प्रतितोला एक हजार नौ सय २५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २७ सय १३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  ११:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update