साँझ ५ बजे बस्ने गरी प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा साँझ ५ बजे बस्ने प्रधानमन्त्री सचिवालयले जनाएको छ ।
बैठकमा प्रधानमन्त्रीको चीन भ्रमणको समीक्षासहित सरकारको काम कारवाहीबारे नियमित छलफल हुने जनाइएको ।
चीन भ्रमणबाट फर्किएपछिको एक सातापछि प्रधानमन्त्री ओलीले पहिलो पटक मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१ ११:५३
प्रतिक्रिया दिनुहोस्