NRN
माओवादीको स्थायी कमिटी बैठक बस्दै

केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्न नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ । 

बैठक दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको हो ।

बैठकमा पुष २ गते बस्ने केन्द्रीय कमिटीको बैठकको तयारी, स्थानीय तह उपनिर्वाचनको समीक्षा, पछिल्ला समसामयिक राजनीतिक घटनाक्रबारे छलफल हुने छ । 

बैठकमा विधान संशोधन, नेताहरूको कार्यविभाजन र समसमायिक राजनीतिबारे पनि छलफल हुने छ ।

माओवादीको केन्द्रीय समिति बैठक पुस २ देखि ७ गतेसम्म बोलाइएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  १२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update