घट्यो आज (शुक्रबार) नेपाली बजारमा सुन–चाँदीको मूल्य

नेपाली बजारमा आज (शुक्रबार) सुन–चाँदीको मूल्य घटेको छ ।
बिहीबार प्रतितोला एक लाख ५४ हजार दुई सय रूपैयाँमा कारोबार भएको सुन नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला एक लाख ५३ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार दुई सय रूपैयाँ घटेको हो ।
यस्तै, यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६५ रूपैयाँ घटेको हो ।
बिहीबार चाँदी प्रतितोला एक हजार नौ सय २५ रूपैयाँमा कारोबार भएको थियो ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१ ११:३९
प्रतिक्रिया दिनुहोस्