मुग्लिन–पोखरा सडक स्तरोन्नति हुँदै : पुस २ सम्म प्रत्येक दिन १० घण्टा बन्द गरिने

मुग्लिन–पोखरा सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्डमा पाँच दिन सडक अवरुद्ध हुने भएको छ ।
जामुने बजारदेखि कास्कीको सेती पुलसम्मको सडक स्तरोन्नति थालिएकाले आजदेखि पुस २ गतेसम्म बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सवारी आवागमन बन्द हुने तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
साथै उक्त कार्यालयले वैकल्पिक बाटो प्रयोग गर्न यातायात व्यवसायी एवम् यात्रीलाई अनुरोध गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१ ११:४९
प्रतिक्रिया दिनुहोस्