NRN
राष्ट्रपतिद्वारा विभिन्न पाँच देशमा राजदूत नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषदको सिफारिसमा पाँच देशमा राजदूत नियुक्त गरेका छन् ।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रपति पौडेलले पोर्चुगल, स्पेन, दक्षिण अफ्रिका, बेल्जियम र कोरियामा राजदूत नियुक्त गरेका हुन् ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा २८२ को उपधारा १ बमोजिम राजदूतको नियुक्ति गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पोर्चुगलमा प्रकाशमणि पौडेल, स्पेनमा सनिल नेपाल, दक्षिण अफ्रिकामा कपिलमान श्रेष्ठ, बेल्जियममा सेवा लम्साल र कोरियामा शिवमाया तुम्बाहाङफेलाई राजदूत नियुक्त गरेका हुन् ।

आज नियुक्त भएकाहरुको केही समयअघि नै संसदीय सुनुवाइ प्रक्रिया सम्पन्न भइसकेको थियो । 

प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१  १३:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update