
- राजन घिमिरे, सिड्नी
यतिबेला नेपाली सुगम गीत संगीतका दुई हस्ती सत्यराज आचार्य र स्वरूपराज आचार्य सांगितीक यात्राको क्रममा अष्ट्रेलियामा छन । अष्ट्रेलियाको बिभिन्न राज्यहरूमा आफ्ना गीत संगीत मार्फत मनोरन्जन प्रदान गर्ने क्रमलाई जोड्दै यी हस्ती सोमबार अष्ट्रेलियाको वोलोगंनमान शहरमा गुन्जने भएका छन।
वोलोगंनको प्रस्तुतिमा दुई आचार्यलाई चर्चित गायक सुनिल कटुवालले पनि साथ दिने भएका छन । The Stupa Taste of Nepal, Wollongong को आयोजनामा Lux Bistro Bar को प्रस्तुति र Foreign Education & Visa Services को प्रायोजनमा हुने यस विशेष सांगीतिक साँझमा सहभागी भई कार्यक्रमलाई सफल बनाईदिनु हुन आयोजकले सबैमा हार्दिक अनुरोध गरेको छ ।
यस्तो छ कार्यक्रमका बारेमा जानाकरी:
मिति = सोमबार, 16 डिसेम्बर 2024
समय = साँझ ५ बजेबाट
स्थान = Lux Bistro Bar, Shop 19 / 110/114 Crown Street, Wollongong
टिकटको लागि सम्पर्क: 0431 478 451