NRN
आइतबार पनि घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज (आइतबार) पनि सुन–चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन अर्थात् आइतबार प्रतितोला दुई हजार दुई सय रूपैयाँ घटेको हो ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५३ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ घटेको हो।

शुक्रबार चाँदी प्रतितोला एक हजार आठ सय ६० रूपैयाँमा कारोबार भएको थियो । 

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २६ सय ४९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  ११:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update