NRN
त्रिविको विभिन्न ८ संकायका डिन र तीनवटा केन्द्रको निर्देशक नियुक्ति

त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कार्यकारी परिषद्ले ८ डीन नियुक्त गरेको छ । शनिवार बैठक बसेर परिषद्ले विभिन्न ८ संकायका डिन र तीनवटा केन्द्रको निर्देशक नियुक्ति गरेको हो ।

प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले पुस ७ भित्र डिन नियुक्ति गरिसक्न दिएको निर्देशन त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले एक साताअघि नै पालना गरेको छ ।

बैठकले शिक्षा तथा अनुसन्धान केन्द्रको निर्देशकमा सहप्राध्यापक डा. राजेन्द्र कुँवर,व्यवहारिक तथा प्रविधि अनुसन्धान केन्द्रको निर्देशकमा डा. मिना राजभण्डारी र योजना निर्देशनालयको निर्देशकमा डा. लक्ष्मीकान्त शर्मालाई नियुक्त गरेको छ ।

वन विज्ञान अध्ययन संस्थानको डिनमा ठाकुर सिलवाल नियुक्त भएका छन् भने चिकित्साशास्त्र अध्ययन संस्थानको डिनमा डा. मोहनराज शर्मा, मानविकी तथा समाजशास्त्र अध्ययन संस्थानको डिनमा डा. द्धिविनन्द ढकाल, शिक्षाशास्त्र संकायको डिनमा डा. बेदराज आचार्य, व्यवस्थापन संकायको डिनमा डा. महानन्द चालिसे, इन्जिनियरिङ अध्ययन संस्थानको डिनमा डा. सुशीलवहादुर बज्राचार्य, विज्ञा तथा प्रविधि अध्ययन संस्थानको डिनमा डा. शंकर खनाल र कृषि तथा पशुविज्ञान अध्ययन संस्थानको डिनमा डा. किशोरचन्द्र दाहाल नियुक्त भएका छन् ।

प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  १२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update