
पुस महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । पुस १ गतेदेखि लागू हुनेगरि नयाँ ब्याजदर सार्वजनिक गरिएको हो ।
हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये तीन वटा वाणिज्य बैंकले ब्याजदर बढाएका छन् भने ३ वटाले घटाएका छन् । बाँकी १४ वाणिज्य बैंकले मंसिरकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
ब्याजदर बढाउने बैंकहरुमा कृषि विकास बैंक, एनएमबि बैंक र प्राइम कमर्सियल बैंक रहेका छन् भने घटाउनेमा नेपाल बैंक, सानिमा बैंक र एनआईसी एशिया बैंक रहेका छन् ।
ब्याजदर बढाउने बैंकहरुमा कृषि विकास बैंकले पुस महिनाको लागि ५.५७ प्रतिशत, प्राइम कमर्सियलले ६.२५ र एनएमबीले ६.६ प्रतिशत व्याजदर कायम गरेका छन् । मंसिर महिनाका लागि यी बैंकहरुको व्याजदर क्रमशः ५.५३६ प्रतिशत, ५.७५ प्रतिशत र ५.७५ प्रतिशत रहेको थियो ।