NRN
सोमबार सुनको मूल्य बढ्दा चाँदीको मूल्य स्थिर

नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला एक लाख ५१ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार यसदिन प्रतितोला चार सय रूपैयाँ बढेको हो । 

आइतबार प्रतितोला एक लाख ५० हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो ।  

त्यसैगरी, सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ ।

आइतबार प्रतितोला एक हजार आठ सय ४० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २६ सय ५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, पुस १, २०८१  ११:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update