NRN
नेपाली बजारमा आज (मंगलबार) बढ्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार प्रतितोला दुई सय रूपैयाँ बढेको हो ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ५१ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो ।  

त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ ।

सोमबार प्रतितोला एक हजार आठ सय ४० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २६ सय ५१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, पुस २, २०८१  ११:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update