
नेपाल समूहको उप विजेता बन्दै एसीसी वुमन्स यू–१९ एसिया कप क्रिकेटको सेमिफाइनल प्रवेश गरेको छ ।
मलेसियाको क्वालालम्पुरमा भारी वर्षा भएपछि भारतसँग अंक बाँड्न बाध्य भएपछि नेपाल उपविजेतामा सीमित भएको हो । भारतसँग अंक बाँडेपनि नेट रनरेटका आधारमा नेपाल उपविजेता बन्यो ।
नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको भारतले ३ ओभर १ बलमा २८ रन जोड्दा वर्षा भएको थियो । वर्षा नरोकिएपछि नेपाल र भारतले एक-एक अंक बाडेका छन् ।
योसँगै नेपाल ३ अंकसहित शीर्ष स्थानमा रहदै सेमिफाइनलमा पुगेको हो । भारत समान ३ अंकसहित दोस्रो स्थानमा रहदै सेमिफाइनलमा पुगेको छ ।
समूह 'ए'बाट भने बंगलादेश र श्रीलंका सुपर फोरमा प्रवेश गरेका छन् ।
सुपर फोरको आफ्नो पहिलो खेलमा नेपालले बिहीबार श्रीलंकासँग खेल्नेछ । अर्को खेल शुक्रबार बंगलादेशसँग हुनेछ । भारतले बिहीबार बगलादेश र शुक्रबार श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ ।
सुपर फोरमा शीर्ष दुईमा रहने टोलीले आइतबार फाइनल खेल्नेछन् ।