
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार सामान्य अंकको सुधार भएको छ । आज नेप्से २.९५ अंकले बढेर २६३३.८७ विन्दुमा बन्द भएको हो । यसदिन नेप्से परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ ।
गत कारोबार दिन अर्थात् सोमबार पाँच अर्ब ९३ करोडको सेयर कारोबार भएकोमा मंगलबार चार अर्ब ३४ करोडको सेयर कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब ५९ करोड रूपैयाँ कमी आएको हो।
आज ३१८ वटा धितोपत्रको ८९ लाख ३९ हजार ३४८ कित्ता सेयर किनबेच भएको हो । ११७ कम्पनीको सेयर मूल्य बढ्दा ११७ कम्पनीको घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रहेको छ ।
मंगलबार जानकी फाइनान्सको सर्वाधिक कारोबार भएको छ । सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा नेपाल फाइनान्स रहेको छ ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये आठ समूहको परिसूचक बढेको छ भने पाँच वटाको घटेको छ । यस दिन वित्त समूहको परिसूचक सर्वाधिक ०.८७ प्रतिशतले बढेको छ ।