आज (बुधबार) का लागि सात सय रूपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ ।
महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ५० हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तुलनामा आज प्रतितोला सात सय रूपैयाँ घटेको हो ।
मंगलबार सुन प्रतितोला एक लाख ५१ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, बुधबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा घटेको छ ।
मंगलबार प्रतितोला एक हजार आठ सय ४० रूपैयाँमा कारोबार भएको चाँदी यस दिन प्रतितोला एक हजार आठ सय ३५ रूपैयाँमा कारोबार भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ घटेको हो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २६ सय ४५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: बुधबार, पुस ३, २०८१ ११:३२
प्रतिक्रिया दिनुहोस्