काठमाडौँ जोड्ने सिस्नेरी-दक्षिणकाली सडक आजदेखि यही पुस ११ गतेसम्म बन्द
यस्तै, सडक स्तरोन्नतिका लागि कुलेखानी-फाखेल-मातातीर्थ सडकमा पनि यातायात सञ्चालनमा रोक लगाइएको छ ।

हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँ जोड्ने सिस्नेरी-दक्षिणकाली सडकमा आजदेखि यही पुस ११ गतेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
मकवानपुर जिल्ला प्रहरी कार्यालयको अनुसार सो सडक अन्तर्गत दक्षिणकाली-छैमलेमा कालोपत्र गर्न लागिएकोे सवारी सञ्चालनमा रोक लगाइएको हो ।
यस्तै, सडक स्तरोन्नतिका लागि कुलेखानी-फाखेल-मातातीर्थ सडकमा पनि यातायात सञ्चालनमा रोक लगाइएको छ ।
सो सडक बन्द हुँदा सवारीसाधनलाई वैकल्पिक मार्ग हेटौँडाबाट काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक, त्रिभुवन राजपथ, नारायणगढ मुग्लिन सडकमा भने हाल सवारीसाधन सञ्चालन भइरहेको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, पुस ३, २०८१ ११:५०
प्रतिक्रिया दिनुहोस्