NRN
जनकपुरले टस जितेर पहिले बलिङ गर्दै

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो क्वालिफायरमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार मध्यान्ह हुने खेलमा जनकपुरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।

खेलका लागि दुवै टोलीमा एक एक परिवर्तन गरिएको छ । कर्णालीले ब्याटर रित गौतमको स्थानमा बलर युनिस ठकुरीलाई खेलाएको छ ।

जनकपुरले पनि टोलीमा एक परिवर्तन गरेको छ । जनकपुरले अरनिको यादवको स्थानमा युवा ब्याटर मयन यावदलाई खेलाएको छ । 

जनकपुर बोल्ट्स प्लेइङ ११ : आसिफ शेख, आकाश त्रिपाठी, मयन यादव, लाहिरु मिलान्था, शुभ कंसाकार, हर्श थाकर, जिम्मी नीशम, अरनिको यादव, मोहम्मद मोहसिन, शेर मल्ल, किशोर महतो, ललित राजवंशी छन् । 

कर्णाली याक्स प्लेइङ ११ : जयकिसन कोल्सावाला, चाडविक वाल्टन, विलियम बोसिस्टो, जिसान मक्सुद, देव खनाल, गुल्सन झा, अर्जुन घर्ती, सोमपाल कामी, नन्दन याद, विपिन प्रसाद शर्मा, युनिशविक्रम सिंह ठकुरी छन् । 

यो खेलको विजेता फाइनल पुग्नेछ र फाइनलमा पुगेकाे टोलीले शनिबार सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । 

जनकपुर पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित हुँदा दोस्रो क्वालिफायरको अवसर पाएको हो । कर्णालीले इलिमिनेटरको खेलमा चितवन राइनोजलाई हराएर दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो ।

प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१  १२:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update