NRN
परराष्ट्रमन्त्री राणा नयाँ दिल्लीमा

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा आज बिहान भारतको दिल्ली पुगेकी छिन् । युरोपको भ्रमण सकाएर उनी दिल्ली पुगेकी हुन् ।

उनलाई विमानस्थलमा भारतस्थित नेपाली दूतावासका अधिकारी तथा भारतीय विदेश मन्त्रालयका अधिकारीले स्वागत गरेका थिए । उनी हिजो जर्मनीबाट भारतका लागि प्रस्थान गरेकी थिइन् ।

भोलि अर्थात पुस ५ गते नेपाल समसामयिक अध्ययन केन्द्र र भारतको फाउन्डेसन फर इकोनोमिक ग्रोथ एन्ड वेलफेयर (एग्रो) को आयोजनामा हुने एक सम्मेलनलाई सम्बोधन गर्न उनी भारत पुगेकी हुन् ।

सम्मेलनमा सहभागी हुनुको साथै उनले आफ्नो स्वास्थ्य जाँच पनि गराउने छिन् । उनले भारतका विदेश मन्त्री एस.जयशंकरसँग भेट्ने तयारी पनि गरेकी छिन् । तर भेटघाटको समय तालिका हालसम्म तय नभएको बताइएको छ ।

त्यसका लागि परराष्ट्र मन्त्रालयले नेपालस्थित भारतीय दूतावास र भारतस्थित नेपाली दूतावाससँग समन्वय गरिरहेको छ ।उनी पुस ६ गते नेपाल फर्किने बताइएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१  १२:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update