पुस १५ भित्र विभागीय रिपोर्ट पेस गर्न एमालेको निर्देशन

सत्तारुढ दल नेकपा एमालेले पुस १५ गते भित्र सबै विभागलाई विभागीय कामको रिपोर्ट तयार गर्न निर्देशन दिएको छ ।
केन्द्रीय कमिटीको बैठकको पूर्वसन्ध्यामा केन्द्रीय विभागका प्रमुख र सचिवहरुको संयुक्त बैठकले विभागहरुको रिपोर्ट तयार गर्न निर्देशन दिएका हुन् ।
बैठकले पार्टीकाविरुद्धको घेरावन्दी र आक्रमणलाई दृढतापूर्वक सामना गर्ने पनि निर्णय गरेको छ । पार्टी तथा पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको कामलाई थप प्रभावकारी बनाउन पार्टी पंक्तिलाई लाग्न समेत निर्देशन दिएको छ ।
एमालेले यसअघि दुई दिने राष्ट्रिय कार्यशाला गरेर निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने संकल्प गरेको थियो । २०८२ को पार्टी सदस्यता नवीकरण २०८१ को चैत्रभित्रै गर्ने एमालेको घोषणा छ ।
प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१ १३:२०
प्रतिक्रिया दिनुहोस्