NRN
नेपाली बजारमा आज (शुक्रबार) घट्यो सुन–चाँदीको मूल्य, तोलाको कति ?

नेपाली बजारमा आज (शुक्रबार) सुन–चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ४८ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात् बिहीबार तुलनामा यसदिन प्रतितोला पाँच सय रूपैयाँ घटेको हो ।

बिहीबार सुन प्रतितोला एक लाख ४० हजार रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार सात ६० रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ घटेको हो ।

बिहीबार चाँदी प्रतितोला एक हजार सात सय ८० रूपैयाँमा कारोबार भएको थियो । 

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २५ सय ९७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update