NRN
महिला यू-१९ एसिया कप : ‘सुपर–४’ मा आज नेपालले आज बंगलादेशसँग खेल्दै

मलेसियामा जारी महिला यु–१९ एसिया कपको ‘सुपर–४’ मा नेपालले आज (शुक्रबार) बंगलादेशसँग खेल्दैछ । खेल मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा बिहान ११:४५ बजे सुरु हुनेछ ।

पहिलो पटक महिला एसिया कप खेलिरहेको नेपाल समूह उपविजेता बन्दै सुपर फोरमा पुगेको थियो ।

यसअघि सुपर–४ को पहिलो खेल बिहीबार वर्षाका कारणले रद्द भएपछि नेपाल र श्रीलङ्काले समान एक/एक अङ्क बाँडेका थिए । 

नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै सुपर–४ मा प्रवेश गरेको थियो ।

नेपालले सुपर ओभरमा समूह चरणको ३ र श्रीलंकासँगको १ गरी कुल ४ अंक जोडेको छ । ४ अंक नै जोडेको बंगलादेशसँग रनरेटमा पछि पर्दै नेपाल तेस्रो स्थानमा छ ।

आजको खेल पनि वर्षाका कारण रद्द भए रनरेटमा अघि रहँदै बंगलादेश फाइनल पुग्नेछ ।  फाइनल खेल आगामी आइतबार हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१  ११:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update