राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
-1734674621.jpg)
राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ ।
बैठक शुक्रबार दिउँसो १२:१५ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको हो ।
बैठकमा स्थानीय तहको उपनिर्वाचनको समीक्षा, पार्टीको स्थानीय तहहरुको अधिवेशन, पृथ्वी जयन्ती, पार्टीका विभिन्न कार्यविधिहरु लगायतका विविध विषयहरुमा छलफल र निर्णय हुनेछ ।
तीबाहेक समसामयिक राजनीतिक परिस्थितिको समीक्षा पनि हुने जनाइएको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१ ११:४८
प्रतिक्रिया दिनुहोस्