NRN
त्रिवि क्रिकेट मैदानमा प्यारापिट निर्माण र फ्लड लाइट जडान गर्न टेण्डर आह्वान

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्यारापिट निर्माण गर्न र फ्लड लाइट जडान गर्न टेण्डर आह्वान भएको छ । 

शुक्रबार शहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले त्रिवि मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्यारापिट र फ्लडलाइटका लागि टेण्डर आह्वान गरेको हो । 

फ्लड लाइटका लागि १ करोड ७३ लाख र प्यारापिट निर्माणका लागि १ करोड ६२ लाख वित्तीय ग्यारेन्टी तोकिएको छ । दुवै परियोजनाका लागि टेण्डर भर्न २० हजार शुल्क तोकिएको छ ।

आगामी माघ ६ गतेसम्म टेण्डर पेस गर्न सकिने कार्यालयले जनाएको छ । टेण्डर सोही दिन साढे १ बजे खोलिनेछ । 

फ्लडलाइट जडानका लागि यसअघि दुई पटक सम्म टेण्डर आह्वान गरिएकोमा दुवैपटक रद्द भएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद बैठकले गएको साउनमा त्रिवि क्रिकेट मैदानमा ३०० दिनभित्र फ्लडलाइट जडान र प्यारापिट निर्माण सक्ने निर्णय गरेको थियो ।

निर्णय भएको १५९ औं दिन बितिसकेको छ भने अब बाँकी मात्रै १४१ दिन रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१  १३:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update