NRN
महिला यू- १९ एसिया कप :  नेपाल बंगलादेशसँग ९ विकेटले पराजित

एसिसी यू-१९ एसिया कपको दोस्रो सुपर फोरको खेलमा नेपाल पराजित भएको छ । शुक्रबार फाइनल प्रवेशका लागि बंगलादेशसँग खेलेको नेपाल ९ विकेटले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो ।

वर्षाका कारण ११ ओभरमा झारिएको खेलमा नेपालले दिएको ५५ रनको लक्ष्य बंगलादेशले १ विकेटमात्रै गुमाएर ९.५ ओभरमा पूरा गर्‍यो ।

बंगलादेशकी ओपनर फहोमिदा चोयाले ३२ बलमा तीन चौका हानेर २६ रन बनाइन् । अर्का ओपरन मोसम्मत इभाले कुसुम गोदारबाट बोल्ड हुनुअघि २१ बलमा १ छक्का हानेउर १८ रन बनाएकी थिइन् । सुमैया अख्तर सुबोर्नाले १० रनको योगदान दिइन् ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाएर ५४ रन बनाएको थियो । यो सँगै पहिलो पटक आयोजना भएको एसिसी महिला यू-१९ क्रिकेटमा नेपाल तेस्रो भएको छ । 

समूह चरणमा पाकिस्तानलाई पराजित गरी नेपाल शीर्ष चारमा पुगेको थियो । विजयी भएको बंगलादेशले अब भारतसँग फाइनल खेल्नेछ ।

प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१  १६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update