नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले बोलायो सचिवालय बैठक

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।
आगामी बुधबार ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक बस्नेगरी बोलाइएको हो ।
बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची,केन्द्रीय संगठन विभागको संगठन विस्तार योजनाबारे छलफल गरिनेछ ।
प्रकाशित मिति: आइतबार, पुस ७, २०८१ ११:०४
प्रतिक्रिया दिनुहोस्