एकैदिन प्रतितोला ११ सय रूपैयाँ बढ्यो सुनको मूल्य, चाँदी कतिमा हुँदैछ कारोबार ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ ।
शुक्रबार प्रतितोला एक लाख ४८ हजार पाँच सय रूपैयाँमा कारोबार भएको सुन महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन अर्थात् शुक्रबारको तुलनामा यसदिन प्रतितोला एक हजार एक सय रूपैयाँ बढेको हो ।
यसैगरी, यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ९० रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ बढेको हो ।
शुक्रबार चाँदी प्रतितोला एक हजार सात सय ६० रूपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २६ सय २४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: आइतबार, पुस ७, २०८१ ११:३२
प्रतिक्रिया दिनुहोस्