NRN
निलम्बित इन्स्पेक्टर जिल्ला अदालत ललितपुरमा हाजिर

आपराधिक लाभ कसुरमा फरार रहेकी निलम्बित इन्स्पेक्टर जिल्ला अदालत ललितपुरमा हाजिर भएकी छन् ।प्रहरीको फरार सूचीमा रहेकी शाही आइतबार बिहान ललितपुर जिल्ला अदालतमा उपस्थित भएकी हुन् ।

उनी प्रहरी प्रभाग भैंसेपाटीमा कार्यरत रहेको बेला एक जना व्यवसायीलाई बलात्कार मुद्दामा फसाइदिने भन्दै हनिट्र्याप समूहसँग मिलेर रकम असुलेको आरोप छ ।

यस प्रकरणमा जिल्ला अदालत ललितपुरले ताजमूल इस्लामलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

त्यस्तै, प्रहरी हवल्दार महेन्द्र हमाललाई तारेखमा, सुस्मा विकलाई दुई लाख र भिमादेवी थापालाई एक लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

निलम्बित शाही र अर्का एक जना पुरूष भने फरार नै रहेका थिए । प्रकरणमा उनीहरूमाथि मिलेमतोमा एक व्यवसायीलाई बलात्कारको मुद्दामा फसाउने भन्दै ३० लाख रुपैयाँ लेनदेन गरेको खुलेको थियो ।

घटनाबारे डिएसपी नरहरि अधिकारीको नेतृत्वमा प्रारम्भिक छानबिन भएको थियो । उक्त समितिले शाहीमाथि मुद्दा चलाउन सिफारिस गरेको थियो ।

थप अनुसन्धानका लागि मुद्दा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा पठाइएको थियो । 

प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  १४:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update