NRN
सोमबार बढ्यो सुन-चाँदीको मूल्य

नेपाली बजारमा आज (सोमबार) सुन-चाँदीको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ । यसदिन प्रतितोला दुई सय रूपैयाँ बढेको हो ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो ।  

त्यसैगरी, आइतबार प्रतितोला एक हजार सात सय ९० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार सात सय ९५ रूपैयाँमा किनबेच भइरहेको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update