
परराष्ट्रमन्त्री आरजु राणा देउवा भारतको नयाँ दिल्लीबाट आज स्वदेश फर्किँदैछिन् ।
उनको सचिवालयका अनुसार दिल्लीस्थित एपोलो अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गराएर उनी आज स्वदेश फर्कन लागेकी हुन् ।
उनले सो अस्पतालमा बाइल्याटरल टोटल हिप रिप्लेस्मेन्ट (टिएचआर) को ‘फलो अप’ स्वास्थ्य परीक्षण गराएकी थिइन् । त्यसका लागि उनी शुक्रबार भारतको नयाँ दिल्ली पगेकी थिइन् ।
नेदरल्याण्डको हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा नेपालका तर्फबाट जलवायु न्याय (क्लाइमेट जस्टिस) माग्न उनी मंसिर २४ मा त्यसतर्फ गएकी थिइन् ।
उनी बेल्जियम र जर्मनीमा पनि द्विपक्षीय भेटघाट र कार्यक्रममा सहभागी भएकी थिइन् ।
त्यतैबाट शुक्रबार उनले भारतको नयाँ दिल्लीमा आयोजित भारत–नेपाल आर्थिक सम्मेलन (इन्डो नेपाल इकोनोमिक कन्फ्रेन्स) लाई सम्बोधन गरेकी थिइन् ।
सो सम्बोधनमा उनले नेपालले भारततर्फबाट अतिरिक्त हवाई रुटका लागि अनुरोध गरेकी थिइन् ।